२४ जेठ २०८३, आइतबार

आफ्नै बिहेमा किन रोए राजकुमार ह्यारी ? (भिडियो)

आफ्नै बिहेमा किन रोए राजकुमार ह्यारी ? (भिडियो)

काठमाडौं, ७ जेठ – बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मर्केलको शाही विवाहलाई संसारभरिका मानिसले हेरे । 

बिहेका क्रममा एक दृश्यले धेरैलाई भावुक बनायो । ह्यारीले मेगनलाई देखेर खुशीको आँसु बगाएको दृश्यमा दर्शकहरू भावुक भए । मेगनलाई देखेको खुशीमा आँखामा आएका आँसुलाई पुछेर उनले आफूलाई सम्हाले ।

आफ्नी पत्नीलाई सुन्दर गाउनमा सजिएर आएको देख्दा ह्यारी इमोसनल भएका हुन् । यो ऐतिहासिक क्षण सामाजिक सञ्जालमा भाइरल भएको छ । 

मेगन ह्यारीका पिताका साथ चर्चको बाटोमा हिँड्दै उनीनजिक आउँदा ह्यारीले आँसु पुछेका हुन् । 

ह्यारी मात्र बिहेमा इमोसनल भएका हैनन् । विवाह समारोहमा मेगनकी आमा डोरिसले पनि आँसु सम्हाल्न सकिनन् ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्