१० असार २०८३, बुधबार

कान्तिपुर फिल्म एकेडमीको निमन्त्रणमा बलिउडका चर्चित निर्देशक सुभास घई नेपाल आउँदै

कान्तिपुर फिल्म एकेडमीको निमन्त्रणमा बलिउडका चर्चित निर्देशक सुभास घई नेपाल आउँदै

काठमाडौं, ९ जेठ — चलचित्र निर्माण, वितरण र प्रदर्शनसँगै फिल्म एजुकेसनलाई पनी प्राथमीकता दिनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै काठमाण्डौमा फिल्म एण्ड मिडिया नलेज सेमीनारको आयोजना हुदैछ । 

काठमाण्डौको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड ईन्टरनेस्नलको संयुक्त आयोजनामा हुन गइरहेको उक्त वर्कशप तथा सेमीनारमा बलीउडका शो म्यान, चर्चीत फिल्म निर्देशक
सुभास घई पनी नेपाल आउने भएका छन् । सुभास घई विस्लीङ्ग उडका फाउण्डर चेयरमेन पनी हुन् । र उनले नै नेपाली चेली मनिषा कोइरालालाई १९९१ मा चलचित्र सौदागर बाट बलीउडमा ईन्ट्री गराएका थिए ।

वर्कशप बिशेष गरी मिडीया नलेज, मोवाईल फिल्म मेकिङ्ग, स्कृप्ट राईटिङ्ग र फेसन डिजाइनमा केन्द्रीत हुने बताइएको छ ।  यही वर्कशपको लागी मुम्बईबाट निर्देशक घईसँगै अन्य विद्याका विज्ञहरु स्कृप्ट राईटर अन्जुम राजाबली,
फेसन डिजाईनर, निशा चन्दा, फिल्म मेकर रवीया नाज्की तथा मुक्ता आर्टस्का मेनेजीङ डिरेक्टर राहुल पुरी र नेपालबाट फिल्म डिरेक्टर तथा मिडीया पर्सनालीटी दिनेश डिसी हुनेछन । 

यही जेठ २० गते काठमाण्डौको होटल अन्नपुर्णमा विहान ९ बजे देखी साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त वर्कशपले नेपाली फिल्म, फेसन र मिडीयालाई अझ बढी बिस्तारीत र शिक्षीत बनाउने विश्वास लिएको कान्तिपुर फिल्म
एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।  पुरी लगायतको टोली गत महिना मुम्बई पुगेर सुभास घई र विस्लीङ उडलाई नेपालमा फिल्म एजुकेसनलाई प्रोमोट गर्नको लागी यो खालको वर्कसपमा साझेदारी गर्न आग्रह गरेका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्