०९ असार २०८३, मंगलबार

म्यान्मारमा रोहिंग्याहरूले पनि सामूहिक हत्या गरेको एम्नेस्टी इन्टरनेसनलको खुलासा

म्यान्मारमा रोहिंग्याहरूले पनि सामूहिक हत्या गरेको एम्नेस्टी इन्टरनेसनलको खुलासा

काठमाडौं, ९ जेठ – अघिल्लो वर्ष म्यान्मारको रखाइन प्रान्तमा भएको हिंसामा रोहिंग्या आतंकवादीहरूले गाउँमा बस्ने हिन्दूहरूको सामूहिक हत्या गरेको एम्नेस्टी इन्टरनेसनलको एक प्रतिवेदनले खुलासा गरेको छ । 

हिंसाका क्रममा भएका मृत्युका बारेमा नयाँ खुलासा भएको हो । सन् २०१७ को अगस्ट २५ मा यो नरसंहार भएको थियो । त्यतिखेर ९९ जना हिन्दूहरूलाई मारिएको थियो । 

त्यही दिन रोहिंग्या आतंकवादीहरूले प्रहरी चौकीमा आक्रमण गरेपछि राज्यमा संकट शुरु भएको थियो ।

आतंकवादीहरूको आक्रमणको जवाफमा म्यान्मारको सेनाले अपरेसन चलाएपछि लगभग ७ लाख रोहिंग्या मुसलमानहरू देश छोडेर भाग्न बाध्य भएका थिए । संयुक्त राष्ट्रसंघले म्यान्मार सेनाको अपरेसनका कारण रोहिंग्याहरूको
जातिसफाया भएको बतायो । सैनिकहरूमाथि रोहिंग्या नागरिकको हत्या र गाउँ जलाएको आरोप लाग्यो । 

तर रोहिंग्या आतंकवादीमाथि पनि दुर्व्यवहारको आरोप लाग्यो । अघिल्लो वर्षको सेप्टेम्बरमा सेनाले संवाददाताहरूलाई सामूहिक चिहान भएको ठाउँमा लगेको थियो । 

आतंकवादीहरूको संगठन अराकान रोहिंग्या स्याल्भेसन आर्मीले त्यतिखेर नरसंहारको जिम्मेवारी लिन अस्वीकार गरेको थियो । तर एम्नेस्टीको नयाँ अनुसन्धानले देखाएअनुसार, उक्त संगठनले ५३ हिन्दूहरूलाई फाँसी दिएर मारेका
थिए । मर्नेहरूमा अधिकांश मोङ सेक गाउँका बच्चाहरू थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्