०४ असार २०८३, बिहीबार

बुद्ध एयरको पहिलो उडान विराटनगरबाट हुने

बुद्ध एयरको पहिलो उडान विराटनगरबाट हुने

विराटनगर, १० जेठ- वुद्ध एयरले विराटनगरबाट पहिलो उडान भर्ने भएको छ । अघिल्लो दिन सँझ विराटनगर आएर बसेको जहाज अब बिहान ७ बजे नै उडान भर्नेगरी तयारी थालेको हो ।

जुन १ तारिख देखि विराटनगरबाट काठमाडौँको लागि बिहान ७ बजे नै उडान हुने बुद्ध एयर विराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले जानकारी दिए । अघिल्लो दिन बेलुका ६ बजे काठमाडौँबाट उड्ने जहाज राती बिराटनगरमा बस्ने र त्यही जहाजले भोली पल्ट बिहानका यात्रुलाई ७ बजे उडाउने उनको भनाई छ । विराटनगरको लागि यो पहिलो प्रयोग हो । मौसमको खराबी बाहेक बुद्ध एयरले जुन १ तारिख देखि नियमित बिहान ७ बजे उडान गर्न लागेको हो ।

त्यस्तै दोश्रो उडान ९ बजेर ४० मिनेटमा, तेश्रो उडान १२ बजेर १५ मिनेट जाँदा हुने छ । चौथो उडान १ बजेर १५ मिनेट र अन्तिम उडान ४ बजेर १० मिनेटमा हुने बुद्ध एयरले जनाएको छ।

अहिले विराटनगरबाट पहाडी जिल्लाहरुमा हप्तामा ३ पटक बुद्धले उडान भर्दै आएको छ । हप्तामा विराटनगरबाट तुम्लिङटार हरेक हप्ताको ३ पटक आईतबार, बुधवार र शुक्रवार उडान हुन्छ । त्यस्तै अन्य जहाजहरुले भने बिराटनगरबाट दैनिक ३ पटक सम्म उडान गर्दै आएका छन् । यति एयरलाईन्सले दैनिक बिराटनगर – काठमाडौँ ३ पटक, सौर्यको २ , श्री एयरका ३ र नेपाल एयरलाईन्सको १ पटक उडान हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्