१२ असार २०८३, शुक्रबार

दीपिकाले फिल्म पाइनन्, यस्तो फिल्म खोज्दा समस्यामा परिन्

दीपिकाले फिल्म पाइनन्, यस्तो फिल्म खोज्दा समस्यामा परिन्

७०औँ कान्स फिल्म फेस्टिभलमा सहभागी भएर फर्किए पनि बलिउड अभिनेत्री दीपिका पादुकोणले अहिलेसम्म कुनै नयाँ फिल्म साइन गरेकी छैनन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दीपिका बिहेको योजना बनाइरहेकी छिन् ।

यही कारण उनी नयाँ फिल्ममा साइन गर्न चाहँदिनन् र रणवीरसँग जिन्दगीको सुन्दर पल बिताउन चाहन्छिन् । यद्यपि, दीपिकाले यस खबरलाई अस्वीकार गरिदिएकी छन् ।

दीपिकाले नयाँ फिल्ममा साइन नगर्नुको कारण बिहे नभएर उनलाई अफर हुने भूमिका प्रमुख कारण भएको सञ्चारमाध्यमलाई बताएकी छिन् ।

उनी ‘पद्मावत्’जस्तो भूमिकामा रहेर खेल्न चाहन्छिन्, तर उनीसम्म आइपुग्ने फिल्ममा भूमिका कमजोर हुने उनले बताएकी छिन् ।

सञ्चारमाध्यमका अनुसार उनी यस्तो भूमिका चाहन्छिन्, जहाँ पुरुषको भन्दा उनको भूमिका कमजोर नहोस् ।

salt training

कमेन्ट गर्नुहोस्