०५ असार २०८३, शुक्रबार

लाखौं मानिसको नाम सूर्यसमक्ष लगिने

लाखौं मानिसको नाम सूर्यसमक्ष लगिने

काठमाडौं, १० जेठ – सूर्यनजिक पुग्ने पहिलो मिसन अमेरिकी अन्तरिक्ष नियोग नासाको पार्कर सोलर प्रोबले जुलाई महिनामा लगभग ११ लाख मानिसको नाम त्यहाँ पु–याउने भएको छ । सात वर्षको यो मिसनमा उक्त अन्तरिक्षयान
सूर्यको वातावरण हुँदै २४ चोटि ओहोरदोहोर गर्नेछ । यसभन्दा अघि कुनै पनि रकेट सूर्यको यति नजिक पुगेको छैन । 

अमेरिकाको जोन हप्किन्स अप्लाइड फिजिक्स ल्याबमा तयार पारिएको पार्कर सोलर प्रोबको प्रोजेक्ट वैज्ञानिक निकोला फक्सले भने, ‘पार्कर सोलर प्रोबले सूर्यका बारेमा हाम्रो बुझाइमा क्रान्ति ल्याउनेछ । यो मिसन अनुसन्धानको त्यो
चरम यात्रामा पुगेको छ जब एक मानवनिर्मित वस्तुले पहिलोपटक सूर्यको सामना गर्दैछ । यस मिसनका लागि उत्साहित व्यक्तिहरूको नाम लिएर यो रकेट जाँदैछ ।’

मार्च महिनासम्ममा सूर्य जाने रकेटमा आफ्नो नाम पठाउनका लागि मानिसहरूलाई निमन्त्रण गरिएको थियो । साढे सात हप्तासम्म चलेको यस प्रक्रियामा कुल ११ लाख ३७ हजार २०२ नाम दर्ता भएको छ । मानिसको नाम एउटा
मेमोरी कार्डमा हालियो र १८ मेमा रकेटमा जडियो । 

रकेट अब ३१ जुुलाईमा उड्नेछ । 

सौर्य हावाहरूका बारेमा अनुमान गर्ने युगिन पार्करको नाममा यो मिसन चलाइएको हो । कुनै जीवित व्यक्तिको नाममा चलाइएको यो पहिलो मिसन हो । 

पार्कर सोलर प्रोबले सूर्यको बाहिरी वातावरण खोज्नेछ र ताराहरूको फिजिक्सका बारेमा उठेका प्रश्नहरूको जवाफ दिनका लागि सूक्ष्म निरीक्षण गर्नेछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्