०७ असार २०८३, आइतबार

नचिनेकी बच्चीका लागि एक व्यक्तिले ज्यानै दाउमा लगाए (भिडियो)

नचिनेकी बच्चीका लागि एक व्यक्तिले ज्यानै दाउमा लगाए (भिडियो)

काठमाडौं, १० जेठ – चीनमा एक बच्चीका लागि एक व्यक्तिले आफ्नो ज्यान दाउमा लगाएका छन् । उनले बच्चीलाई बचाएको तरिका देखेर सबैजना उनको मानवीयताको प्रशंसक भएका छन् । 

ती व्यक्तिले बच्चीलाई बचाउनका लागि तीव्र गतिमा गुडिरहेको ईरिक्साको अघि तेर्सिए । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

चीनको लंकाओ काउन्टीमा यो घटना भएको थियो । शनिवार सडक किनारामा अनियन्त्रित एक ईरिक्सामा बच्ची झुण्डिरहेको देख्न सकिन्थ्यो । यो देखेपछि युआन शुहाओ नामक व्यक्ति ज्यानको मतलब नगरी बच्चीलाई बचाउन ईरिक्साअघि हाम्फाले । 

शुहाओको कोशिश सफल भयो र बच्ची ईरिक्साबाट अलग भइन् । घटनामा बच्चीलाई चोट लागेन तर शुहाओका तीनवटा दाँत भाँच्चिए र उनलाई धेरै चोट पनि लाग्यो ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्