०९ असार २०८३, मंगलबार

२६ वर्षीया पत्नीलाई खुकुरी प्रहार गरी हत्या गर्ने पति पक्राउ

२६ वर्षीया पत्नीलाई खुकुरी प्रहार गरी हत्या गर्ने पति पक्राउ

इलाम, ११ जेठ–खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा इलाम माईजोगमाई गाउँपालिका(५ सोयाङ घर भई इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्ने ३९ बर्षीय मदन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । 

लिम्बुले बिहीबार घरायसी बिवादमा २६ बर्षीया श्रीमती  बिमला लिम्बुलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागी इलाम अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना पश्चात फरार रहेका लिम्बुलाई शुक्रबार बिहान प्रहरीले सोही स्थानमा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्