१६ असार २०८३, मंगलबार

पानी पर्ने समयमा यस्तो खाना खानुस्, नभए होला यी समस्या

पानी पर्ने समयमा यस्तो खाना खानुस्, नभए होला यी समस्या

गर्मी याममा पानी पनि पर्ने भएका कारण ये मौसममा खाइने खानामा विशेष ख्याल राख्न जरुरी हुन्छ । यस्तो मौसममा डायरिया, एलर्जी, संक्रमणलगायतका समस्या हुने गर्छ ।

सहरमा सबै सिजनमा पाइने फलफूल तथा तरकारी सहजै उपलब्ध हुन्छ । बजारमा बेमौसमी तरकारी पनि प्रशस्त मात्रामा पाइन्छन् । तर, त्यस्ता बेमौसमी तरकारी उब्जनी गर्न भने अनेक विषादी, रासायनिक मल प्रयोग गरिएको हुन्छ । त्यसैले यस्ता तरकारीको प्रयोग गर्दा विशेष सावधानी आपनाउनुपर्छ ।

काउली, रायोको साग, बन्दा आदि बेमौसमी तरकारी हुन् । यस्ता तरकारीको सकभर प्रयोग नगर्दा राम्रो हुन्छ ।

बर्खायाममा काँचो खाद्यपदार्थको त्यति प्रयोग गर्नुहुँदैन । किनकि, यस्ता फलफूल वा खाद्यपदार्थमा पोटासियम प्रयोग गरिएको हुन्छ । खानैपरेमा राम्रोसँग पखालेर मात्र प्रयोग गर्नुपर्छ ।

बर्खायाममा बाहिर पकाएको खानालाई पनि निरुत्साहित नै गर्नुपर्छ । रोडमा राखेका खाद्यपदार्थ चटपटे, पानीपुरीलगायत पनि प्रयोग गर्नुहुँदैन । यस्ता खाद्यपदार्थले फुड पोइजनिङ र डायरिया गराउने सम्भावना अत्यधिक हुन्छ ।

यो मौसममा बढी भटमास, गेडागुडी खानु पनि स्वस्थकर मानिँदैन । यस्ता खाद्यपदार्थ अपच हुने सम्भावना अत्यधिक हुन्छ ।

मानिसले अत्यधिक रूपमा गोलभेँडाको प्रयोग गरेको पाइन्छ । यो बाह्रै महिना पाइने तरकारी पनि हो । तर, यसमा अत्यधिक मात्रामा विषादी प्रयोग गरिएको हुन्छ । यसको प्रयोगलाई पनि घटाउँदा राम्रो हुन्छ ।

अहिलेको मौसममा सिमी, बोडी, फर्सी, कटहरलगायतका तरकारी उपलब्ध हुन्छन् । यस्ता तरकारीको प्रयोग लाभदायक हुन्छ । यस्ता तरकारीले खाद्य सन्तुलन मिलाउनका साथै मिनरल्स पनि प्रदान गर्छ ।

बाटोमा राखेका अंगुर, आरुबखडा, काफल पनि अत्यन्तै असुरक्षित मानिन्छ । एक त यस्ता खाद्यपदार्थ प्रदूषित हुन्छन्, अर्को ब्याक्टेरिया पनि टाँसिएका हुन्छन् । यस्ता फल खाँदैनखानु उत्तम हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्