२९ जेठ २०८३, शुक्रबार

चौकुने गाउँपालिका–सबै वडामा सडक सञ्जाल, गुरुयोजनाको अन्तिम तयारी

जेठ १२, २०७५
चौकुने गाउँपालिका–सबै वडामा सडक सञ्जाल, गुरुयोजनाको अन्तिम तयारी

सुर्खेत, १२ जेठ– सुर्खेतको सबैभन्दा विकट गाँउपालिका हो, चौकुने गाँउपालिका । उक्त गाँउपालिकामा अहिलेसम्म विजुली पुगेको छैन भने त्यहाँका अधिकांश जनता रोजगारीको लागि भारतको विभिन्न क्षेत्रमा जाने गरेका छन् । 

खानेपानीको अभाव, सिंचाइको अपर्याप्तता, टेलिफोन सेवा अवरुद्ध, दुर्गमता त्यहाँका विशेषता हुन्  ।

भौतिक पूर्वाधार अभाव मात्रै होइन, सामाजिक जनचेतनाको समेत कमी भएको चौकुनेलाई समृद्ध बनाउन चुनौति कम छैन । विकट गाँउवस्ति भएतापनि चौकुने सीमेन्ट कारखाना र वेतान कर्णाली हाइड्रो मात्रै बनाउन सके उक्त नगरको कायापलट हुने स्थानीय दत्त थापा बताउँछन् ।

चौकुने नगरपालिकाले यस वर्ष पूर्वाधार निर्माण तथा योजना वर्षको रुपमा लिएको छ । गाँउपालिकाका हरेक वडामा सडक खन्ने कार्य  सम्पन्न भइसकेको छ । जिल्लाकै विकट बस्तिहरु रेक्सा, सातसल्ली, भैरवस्थानमा सडक पुगेको छ । कोइराला वासुमा सडक पुग्दै छ । स्थानीयहरु हर्षित भएका छन् । विकट बस्तिमा सडक पुर्याउनु आफैमा महत्वपूर्ण स फलता भएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही बताउँछन् ।

‘चुनाव जितेपछि सुरुको ६ महिना त हामी  अलमल मै थियौं’ उनले भने, त्यसपश्चात हामीले विभिन्न नीति बनायौं र बजेट कार्यान्वयनमा लाग्यौं । ६ महिनामा हामीले धेरै काम गरेका छौं । करिब ५ सय भन्दा बढी आयोजना हामीले यो वर्ष सम्पन्न गर्दैछौं ।

गाँउपालिकाले सबै वडामा मोटरबाटो पुरयाउने, खानेपानीको व्यवस्था गर्ने, सिंचाई सम्भव हुने ठाँउमा, महिला तथा युवा सशक्तिकरण गर्ने, जस्ता धेरै योजनाहरु कार्यान्वयन गरेको उनले बताए । 

गाँउपालिकाले विरुवाहरु रोप्ने गरि हरेक वडामा नर्सरी राखेको छ । ती नर्सरीमा विरुवाहरु रोपिसकिएका छन भने आगामी साउन, भदौ महिनामा खाली जमिनमा रोपिनेछन् । यो कार्यक्रमको नाम हरित चौकुने राखिएको छ ।

चौकुने गाँउपालिकाले दुई क्याम्पसलाई प्राविधिक क्याम्पसको रुपमा स्थापित गर्ने योजना बनाएको छ । वन विज्ञान क्याम्पस तोस्रामा स्थापना गरिनेछ भने गुटुमा कृषि क्याम्पस स्थापना गर्ने तयारी छ । यसकालागि आवश्यक अध्ययन गर्न केन्द्रबाट एक टोली आउने भएको अध्यक्ष शाहीले जानकारी दिए ।

गाँउपालिकाले बालविवाह  भएको भए जनप्रतिनिधिले बहिष्कार गर्ने, उनीहरुका विवाह दर्ता नगर्ने कार्य सुरु भएको अध्यक्ष शाहीले बताए । 
उनका अनुसार गाँउपालिकाले यसका अतिरिक्त सरसफाइ अभियान, छाउपडि अन्त्यको अभियान, गुटुमा योगा शिविर चलाईरहेको छ ।

विभिन्न ऐन पारित
 चौकुने गाँउसभाले हिउँदे गाँउसभाबाट प्रमाणिकरण ऐन, आर्थिक ऐन, विनियोजन ऐन, कार्यसम्पादन नियमावली, शिक्षा  ऐन र नियमावली,  पास गरेर कार्यान्वयनको चरणमा लगेको छ । साथै सहकारी, पूर्वाधार विकास, सेवा ऐनलगायत केहि ऐनहरु ड्राफ्ट गरिएको छ ।

गुरुयोजना ३ महिनामा तयार

अध्यक्ष शाहीका अनुसार आगामी तीन महिनामा गाँउपालिकाको समग्र विकासको खाकासहितको गूरुयोजना सार्वजनिक गर्ने भएको छ । गुरुयोजना सार्वजनिक भइसकेपछि आगामी आर्थिक वर्षदेखि सोही योजना  मुताविक विकास निर्माण गरिने शाहकिो भनाई छ ।

अध्यक्ष शाहीले यो एक वर्षमा कर्मचारी अभाव भएकाले १८ घण्टा खट्नुपर्ने बाध्यता आइलागेको बताए । कर्मचारीहरुको पुर्ति भएको भए देशकै नमूना गाँउपालिकाको रुपमा विकास गर्न सकिने आधारहरु रहेको उनले बताए ।

लागत शुन्य नीति

कृषि क्षेत्रको विकासका लागि गाँउपालिकाले लागत शुन्य प्राकृति क्षति नीति लागु गर्ने भएको छ । उक्त नीति लागु भएमा कृषकहरुले अर्गानिक खेति गर्ने, हालको कृषि उत्पादन भन्दा ३ गुणा उत्पादन बढी गराउन सकिने, २५  प्रतिशत पानी भए पुग्ने, मलको जरुरी नै नपर्ने खालको कार्यक्रम लागु गर्ने योजना रहेको छ । यसका साथै गुटुमा सय वाटको सोलार प्लान्ट स्थापना गरि आगामी असोजसम्म विजुली बालिसकिने छ भने वेदखोली लघु जलविद्युत आयोजनाबाट २ महिनामा विजुली बल्ने  भएको छ भने सोही विजुलीबाट टेलिकमको टावर सञ्चालन गरी दुरसञ्चारको क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने देखिएको छ ।

चौकुनेमा केन्द्रीय पावर स्टेशन बन्ने

चौकुने गाँउपालिकमा केन्द्रीय पावर  स्टेसन बन्ने भएको छ । अध्यक्ष शाहीकै अग्रसरतामा उक्त पावर स्टेशन बन्ने भएको हो भने उक्त पावर स्टेशनमा स्थानीय स्तरमा उत्पादन भएको विजुली र वेतान हाइडो कर्णालीबाट उत्पादन भएको विजुली मिलाई वितरण गरिने योजना रहेको उनको भनाई थियो ।

गाँउपालिकाको चुनौती

अध्यक्ष शाहीले आफूलाई चुनौति सहित अवसर पनि आएको बताए । गाँउपालिकामा चुनौतीलाई मैले अवसरको रुपमा, कर्मचारी नभएकोले काम गर्न समस्या भएको, कतिपय काम आफैले अध्ययन गरेर अघि बढाउनुपर्ने, बुझाउन समय लाग्ने भएकाले  पनि जनताले अपेक्षा गरे अनुरुप सेवा प्रदान गर्न नसकेको स्विकारे । हामीले धेरै राम्रो काम गरेका छौं, त्यति हुँदा हुँदै पनि अख्तियारमा मुद्धा गरिएको छ । उनले भने,  कुमाला तोस्रा सडकमा उपभोक्ता समितिबारे मुद्धा हालिएको छ तर हामीले उक्त समितिलाई अहिलेसम्म एक रुपैंया पनि भुक्तानी दिएका छैनौं ।

अध्यक्ष शाहीले आफूलाइ असफल बनाउने खेल भइरहेको बताए ।  सुरुमा मोटरसाइकल काण्ड भनेर चर्चामा ल्याइयो, अहिले उपभोक्ता समिति काण्ड बनाएर काम गर्न नदिने  वातावरण बनेको छ । उनले भने, हामी निित र कानुनसम्मत नै अघि बढेका छौं ।

उनले कसैले पनि अहिलेसम्म गाँउपालिकाले गरेका राम्रा कामको प्रसंसा नगरेको बताए । गल्ति त जसले पनि गर्छ नि...तर तीललाई पहाड बनाउने प्रवृत्ति हावी भएको मैले अनुभूति गरें । उनले गुनासो गर्दै भने, सकारातमक कामको पनि प्रचार गरिदिएको भए के हुन्थ्यो ?

उनले आफूलाई सबै  जनताले साथ दिएको बताए । जनताको सामु गरेका प्रतिबद्धता पुरा गरेरै छोडनेछु । उनले भने, यसकालागि सबेको सहयोग र साथ अनि समर्थन र रचनातमक आलाचनाको आवश्यक छ । अध्यक्ष शाहीले गुटुमा एम्वुलेन्स किनि सेवा सूचारु गरिसकिएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्