२७ जेठ २०८३, बुधबार

मृगलाई हानेको गोली लागेर मृत्यु

जेठ १२, २०७५
मृगलाई हानेको गोली लागेर मृत्यु

संखुवासभा, १२ जेठ - सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तेल्लोकमा आज अपराह्न भरुवा बन्दुकले हानेको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । 

स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा २७ वर्षीय योगेन्द्र पौडेललाई गोली लागी निजको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

गोली प्रहार गर्ने अधिकारीलाई मुडे प्रहरी चौकीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । शव परीक्षण हुन बाँकी रहेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्