३१ असार २०८३, बुधबार

ओलीले भने– मन्त्रिपरिषद्को बैठक अब कागजको चाङ राखेर होइन ल्यापटप अगाडि राखेर हुन्छ

ओलीले भने– मन्त्रिपरिषद्को बैठक अब कागजको चाङ राखेर होइन ल्यापटप अगाडि राखेर हुन्छ

काठमाडौं, १३ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र गतिको विकासमा देश अघि बढ्ने दाबी गरेका छन् । 

नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा गाँस, बास र कपासको समस्या नहुने दाबी गरेका हुन् । उनले तेस्रो विश्वबाट देशलाई पहिलो विश्वमा लाने विषमा नीति तथा कार्यक्रममा समेटिएको दाबी गरे । उनले आकांक्षाहीन आश्वासन नदिएको दाबी गर्दै केही गरेर देखाउने दाबी गरे । 

उनले देश ‘ल्याण्ड लक’ भएपनि त्यसबाट फाइदा लिने बताए । ल्याण्ड लक भएपनि आफ्नै पानी जहाज चलाउने र अनावश्यक भएको बेलामा भाडा लगाउने बताए । तर पानी जहाज चलाउँछौं भन्दा उडाउने काम गरेको भन्दै उनले गरेर देखाउने दाबी गरे । 

उनले विपक्षीलाई सरकारले काम गर्न लाग्यो भनेर मन नदुखाउन कटाक्ष गरे । प्रविधि अनुकुल काम गर्दैै सरकार अगाडि बढ्ने भन्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक अब कागजको चाङ राखेर होइन ल्यापटप अगाडि राखेर हुने बताए । 

उनले देश भर लोडसेडिङ हटाउने र विद्युतको विस्तार गर्ने बताए । उनले भने,‘मेरो घरमा सोलार जोडेर उज्यालो पार्छु भनेको होइन, देशभर लोडसेडिङ हटाउँछौ्र भनेको हो ।’ यी सबै उपलव्धिबाटको महत्वकांक्षामा केही साथीहरु ‘प्रसन्न चित्त बसेजस्तो पनि देख्दिन’ भन्दै उनले कटाक्ष गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्