काठमाडौं, १३ जेठ – अमेरिकामा जोसेफ हर्शर नामक एक व्यक्तिले अचम्मको मशिन आविष्कार गरेका छन् । यो स्वचालित मशिनले कसैको पनि कपाल सजिलैसँग काटिदिन्छ । मशिनले कपाल काट्ने प्रक्रिया भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कपाल कटाउन एक ठाउँमा बस्नुपर्छ । अनि मशिनले आफैं सुइँसुइँ कपाल काटिदिन्छ । तर मशिनमा अलिकति पनि गडबड भयो भने खतरनाक पनि हुन सक्ने देखिन्छ ।
यो मशिन बनाउने जोसेफलाई कमिकल चेन रियाक्सन मशिन बनाउने विशेषज्ञता हासिल छ ।
एजेन्सी