
काठमाडौं, १३ जेठ– चालू आर्थिक वर्षमा ५ दशमलव ५९ प्रतिशत आर्थिक बृद्धिदर पुग्ने अनुमान गरिएको छ । बिगत एक दशकमा औसतमा ४ दशमलव ३ प्रतिशत मात्रै पुग्दै आएको आर्थिक बृद्धि चालू आवमा बढ्ने अर्थमन्त्रालयको प्रक्षेपण छ ।
सरकारले चालू आर्थिक वर्षका ८ महिनामो आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा पनि कुल गाह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान त वर्षभन्दा घटेको छ ।
अर्थ मन्त्रालयले चालू आवका ८ महिनामा कुल गाह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव ६ प्रतिशत रहने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष यस्तो योगदान २९ दशमलव ३७ प्रतिशत थियो । गैह्र कृषि क्षेत्रको योगदान भने बढ्दै गएको देखिन्छ ।
आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार कुल गाह्रस्थ उत्पादनमा गैरकृषि क्षेत्रको योगदान ७२ दशमलव ४ प्रतिशत छ ।
चालू आवमा प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । ६० लाख बहुआयामिक गरिबीको रेखामूनी रहँदा सरकारले प्रतिव्यक्ति आय बढ्ने प्रक्षेपण गरेको हो ।
आर्थिक सर्बेक्षण प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको ८ महिनासम्ममा कूल गाह्रस्थ उत्पादनको १५ प्रतिशत मात्रै बचत रहेको छ भने कूल लगानी ५१ दशमलव ७ प्रतिशत पुगेको छ ।
यसैगरी बार्षिक बिन्दुगत मुद्रास्फ्रिति दर ८ महिनामा ६ प्रतिशत कायम रहँदा मूल्यबृद्धिमा चाप बढेको प्रतिवेदनमा उल्लेख छ ।
सरकारी खर्चमा भइरहेको तिब्र बृद्धिका कारण बजेट घाटा बढिरहेको पनि आर्थिक सर्बेक्षणले देखाएको छ । कूल वैदेशिक लगानीमा अनुदान घट्दा ऋण बढ्दो अवस्थामा रहँदा ८ महिनाको अवधिमा ८ खर्ब ४३ अर्ब ऋण पुगेको प्रतिवेदनले जनाएको छ ।
निर्यातको तुलनामा आयात ह्वात्तै बढेको प्रतिवेदनले देखाएको छ । चालू आवको ८ महिनामा बस्तुगत निर्यात ५३ अर्ब हुँदा निर्यात भने ७ खर्ब ६७ अर्ब पुगेको छ ।
यस्तै शोधनान्तर घाटा पनि २५ अर्ब पुगेको छ । यद्यपि बैंकिङ प्रणालीमा रहेको विदेशी मुद्रा सञ्चितिको अवस्था हेर्दा आगामी १० महिनाको बस्तुगत आयात धान्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हाल बैंकिङ क्षेत्रमा २४ खर्ब ८७ अर्ब निक्षेप र २२ खर्ब ४२ अर्ब कर्जा पुगेको छ । यसअनुसार लगानीयोग्य पूँजीमा चाप बढेको प्रतिवेदनमा जनाइएको छ ।
चालू आर्थिक वर्षको फागुनसम्ममा बिमा कम्पनीको संख्या ४० र वित्तीय स्रोत २ खर्ब ४० अर्ब पुगेको छ ।
यस्तै चालू आवको ८ महिनासम्ममा धितोपत्र बजारमा आउने कम्पनीको संख्या १ सय ९४ वटा पुगेका छन् जसमध्ये ७५ प्रतिशत वित्तीय संस्थाहरु रहेका छन् ।
नेपालमा तीन करोड ८२ लाख टेलिफोन ग्राहक रहेका छन् भने ९० प्रतिशतमा मोबाइलको पहँुच रहेको आर्थिक सर्वेक्षणले देखाएको छ ।
२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९५ हजार रहेको छ ।
त्यस्तै ८७ दशमलव ९ प्रतिशत जनताको खानेपानीको स्रोतमा पहँुच रहेको जनाइएको छ ।
प्रतिवेदन अनुसार केन्द्रीय निकायबाट बनेको सडक २९ हजार ६ सय किलोमिटर सडक छ । जसमध्ये ४४ प्रतिशत कालोपत्रे र स्थानीय सडक सञ्जाल ३८ हजार ४ सय किलोमिटर रहेको सर्वेक्षणले देखाएको छ ।