२८ जेठ २०८३, बिहीबार

धनगढी गोली काण्ड :  पक्राउ परेका दुई जना रिहा

धनगढी गोली काण्ड :  पक्राउ परेका दुई जना रिहा

धनगढी, १४ जेठ - गोली प्रहार गरी लुटपाट गरेको आशंकामा पक्राउ परेका दुई जनालाई रिहा गरिएको  छ ।
जिल्ला प्रहरी कार्यालयले चाहेको अवस्थामा हाजिर हुने गरी आइतबार राति छोडेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विनोद घिमिरेले उनीहरुबाट बरामद गरेको रकम लुटिएको हो होइन बारे पुष्टि अझै हुन नसकोले छोड़एको तर विभिन्न कोणबाट अनुसन्धान जारी रहेको जानकारी दिए । बरामद गरेको नौ लाख रुपैया भने प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

लुटेराहरुको गोली प्रहारबाट शक्त घाइते भएका निर्मल कार्की खतरामुक्त रहेका छन् । 

सेती अञ्चल अस्पतालमा उपचारत आईएमईका कर्मचारी कार्कीको पाखुरामा दुई गोली लाग्नुको साथै छातीमा पनि चोट लागेको थियो । दाहिने पाखुरा समेत भाँचिएको उनको पाखुराबाट दुई ओटा गोली निकालिएको अस्पतालका वरिष्ठ सर्जन डाक्टर विसनसिंह बोहराले जानकारी दिए । 

आईएमईमा कार्यरत घाइते कार्की आईएमईको लागि हरेक दिन बिहान बैंकमा पैसा लिन जाने काम गर्दै आएका थिए । आइतबार पनि सिद्धार्थ बैंकबाट पैसा लिएर फर्किदै गर्दा उनलाई धनगढीको चौराहास्थित क्रिष्टल होटलको अगाडि मुल सडकमै अज्ञात समूहले बिहान १० बजे गोली हानेको  थियो । साथै बैंकबाट झिकिएको ९ लाख ५० हजार रुपैया लुटेराहरुले लुटेर लगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्