
काठमाडौं, १४ जेठ– सिरियामा लडाकुहरूको आक्रमणमा परी चारजना रुसी सैनिकको मृत्यु भएको छ । पूर्वी सिरियास्थित देर अल–जोर प्रान्तमा सेनाको बन्दोबस्तीका सामान लिएर गइरहेका बेला आक्रमण भएको हो ।
आक्रमणमा मारिनेमा दुई जना सैन्य सल्लाहकारहरू पनि रहेका छन् । पाँच अन्य रुसी सैनिकहरू घाइते भएको र तीमध्ये दुई जनाको पछि ज्यान गएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
घाइतेहरूको रुसी सैन्य अस्पतालमा उपचार भइरहेको छ ।