०१ असार २०८३, सोमबार

मापदण्ड विपरित काम गर्ने दुई पेट्रोल पम्पमा सिलबन्दी

मापदण्ड विपरित काम गर्ने दुई पेट्रोल पम्पमा सिलबन्दी

काठमाडौं, १४ जेठ– मापदण्ड विपरित काम गरेका दुई पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ ।

सोमबार बिहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्दा मापदण्ड बाहिर काम गरेको भेटिएपछि सिलबन्दी गरेको हो ।

प्रशान्ति आयल स्टोर एकान्तकुना र ललितपुरको सातदोबाटो १५ स्थित महालक्षमी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्पमा सिल गरिएको हो । 

१० लिटर पेट्रोल हाल्दा बढीमा २५ एमएल कम हुँदा सम्म छुट पाइने निगमको प्रावधान विपरित प्रशान्ति आयल स्टोरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा ४० एमएल पेट्रोल कम भएको पाइएपछि सिल गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्