
काठमाडौं, १४ जेठ – उत्तर कोरियाका नेता र अमेरिकाका राष्ट्रपति किम जोङ–उनबीचको प्रस्तावित भेटघाटको तयारी गर्न अमेरिकाको एक प्रतिनिधिमण्डल प्योङयाङ पुगेको छ । ट्रम्पले आइतवार एक ट्वीट गरेर यसको जानकारी दिए ।
अमेरिकी अधिकारीहरूको टोली दुवै राष्ट्रपतिको भेटघाटको व्यवस्था मिलाउँदैछ ।
ट्रम्पले ट्वीटमा भने, ‘उत्तर कोरियामा एक दिन महान् आर्थिक राष्ट्र बन्ने क्षमता भएको म विश्वास गर्छु । किम पनि मेरो यो कुरामा सहमत छन् ।’
यसअघि एक पत्र लेखेर उत्तर कोरियासँगको वार्ता भंग गरेका ट्रम्पले फेरि सही समयमा भेटघाट हुने बताए ।
द वाशिङटन पोस्टले किम र ट्रम्पको सम्मेलनको तयारीको रेखदेखका लागि फिलिपिन्सस्थित अमेरिकी राजदूत सुङ किमलाई उत्तर बोलाइएको लेखेको छ । उनी उत्तरसँग पूर्व आणविक वार्ताकार पनि हुन् ।
उत्तर कोरियषका उपविदेशमन्त्री चोई सनले उत्तर यो कुराकानीका लागि जहाँ भेट्न पनि तयार रहेको बताएका थिए ।
दुवै अधिकारीले एकअर्कालाई राम्रोसँग चिनेका छन् । यो जोडी सन् २००५ मा भएको आणविक सम्झौताको प्रतिनिधिमण्डलमा समेत सदस्य थियो । सोमवार र मंगलवार दुवैका बीच टोंगिलगाक वा असैन्य क्षेत्रस्थित पन्मुन्जोममा कुराकानी हुने सम्भावना छ ।
अमेरिकाले उत्तरसँगको कुराकानी रद्द गर्ने निर्णयपछि किमले शनिवार नै दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग दोस्रोचोटि असैन्य क्षेत्रमा दोस्रो भेटघाट गरेका थिए । दुवैले सीमास्थित पन्मुन्जोम गाउँमा करीब दुई घन्टासम्म
पारस्परिक सम्बन्ध बढाउने कुराकानी गरेका थिए । उनीहरूले कोरियाली प्रायद्वीपको एकता, आणविक कार्यक्रम बन्द गर्ने अनि शान्ति सम्झौताका विषयमा कुरा गरे ।
एजेन्सी