
काठमाडौं, १६ जेठ – ज्योग्राफिक च्यानलमा चितुवाले ठूलठूला जनावरको शिकार गरेको दृश्य त खुबै हेर्नुभएको होला । तर अहिले सामाजिक सञ्जालमा केही तस्वीरहरू खुबै भाइरल भइरहेका छन् जसमा चितुवा र भैंसीबीचको प्रेम देख्न पाइन्छ ।
तस्वीरमा चितुवाले भैंसीलाई किस गरेको देखिन्छ ।
यो तस्वीर दक्षिण अफ्रिकाको निकुञ्जको हो । मौका पाएर चितुवाले भैंसीलाई खुलेआम किस गरिदियो ।
अनि त्यस क्षेत्रमा रहेका क्यामराहरूले यो दृश्य कैद गरिहाले ।

एजेन्सी