
काठमाडौं, १६ जेठ -आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले मदिराजन्य पदार्थलाई निरुत्साहित गर्ने नीति लिएको छ ।
सफ्ट ड्रिंकका रुपमा लिँदै किशोर किशोरी तथा महिलाहरुले सजलो प्रयोग गर्ने गरेको बियरमाथि झन कडाइ गर्ने नीति लिएको हो ।
सरकारले आगामी आर्थिक वर्षमा बियरमा अन्तशुल्क ३० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।
घोषणासँगै आगामी आर्थिक वर्षदेखि बियरको मूल्यमा झण्डै *३५ रुपैयाँ बढ्नेछ ।
नेपाली उत्पादनको बियरमा एक लिटरमा ११५ रुपैयाँ अन्तशुल्क लाग्दै आएकोमा वृद्धिपछि १५० रुपैयाँ तिर्नुपर्नेछ ।
सामान्यतयाः वार्षिक ८ देखि १० प्रतिशतसम्म अन्तशुल्क वृद्धि हुने गरेकोमा यसपटक एकैपटक ३० प्रतिशत वृद्धि गरिएको छ ।
यस्तै रक्सी र चुरोटको अन्तशुल्कमा पनि २० प्रतिशत वृद्धि भएको छ ।
* सच्याइएको