३१ जेठ २०८३, आइतबार

चीनले बनाइदिँदैछ इजिप्टको मरुभूमिमा भव्य शहर

चीनले बनाइदिँदैछ इजिप्टको मरुभूमिमा भव्य शहर

काठमाडौं, १६ जेठ – इजिप्टको राजधानी कायरोभन्दा ४५ किलोमिटर पूर्वतर्फ मरुभूमिको बीचमा एक नयाँ शहर बनिरहेको छ । यो एक महत्त्वाकांक्षी, महंगो र विवादित परियोजना हो । 

सन् २०१५ मा इजिप्ट सरकारले नयाँ प्रशासनिक राजधानी बनाउने घोषणा गरेको थियो । 

यो राष्ट्रपति अब्दुल फतह अल सीसीको महत्त्वाकांक्षी योजना हो र उनी जुन २०१९ मा सरकारको मुख्यालय नयाँ राजधानीमा सरोस् भन्ने चाहन्छन् । तर अहिलेसम्म नयाँ शहरको नाम राखिएको छैन । 

तीन वर्ष पुग्दा पनि काम भइरहेको छ अनि खाली प्लटहरूमा होटल, आवासीय क्षेत्र र सम्मेलन केन्द्रहरू बनाइएको छ । 

निर्माण परियोजना पूरा भएपछि शहरवरिपरि कृत्रिम तालहरू बनाइनेछ । लन्डनको सेन्ट्रल पार्कभन्दा दुई गुणा ठूलो पार्क बनाइनेछ । शैक्षिक संस्थान, अस्पताल, मस्जिद अनि इजिप्टकै सबभन्दा ठूलो चर्च पनि बनाइँदैछ । थिम पार्क,
एयरपोर्ट र विलासी होटलहरू पनि बनाइँदैछ । 

मूलभूत संरचनाबाहेक नयाँ शहरको केन्द्रमा राष्ट्रपति निवास, दूतावास, संसद् र १८ मन्त्रालयको कार्यालय हुनेछ । नयाँ शहरको सडकले कायरो र देशका अन्य भागलाई जोड्नेछ । 

शहर बनेर तयार भएपछि पचास लाख मानिसलाई बस्नका लागि सबै सुविधा उपलब्ध हुनेछ । 

यो नयाँ राजधानी ७०० वर्ग किलोमिटर इलाकामा बन्दैछ । यो न्युयोर्क शहरभन्दा अलिकति मात्र सानो हो । 

कायरोमा धेर भीडभाड भएकाले नयाँ शहर बनाउनुपरेको सूचना विभागले जनाएको छ । 

कायरोमा करीब दुई करोड मानिस बस्छन् र सन् २०५० सम्ममा यो संख्या चार करोडसम्म पुग्न सक्छ । 

देशको आर्थिक क्षमतालाई थप मजबूत बनाउन र काम गर्नका लागि नयाँ ठाउँ विकसित गर्न पनि यो शहर पनि बनाइएको हो ।

सन् २०१८–१९ मा इजिप्टको अर्थव्यवस्था ३.९ प्रतिशतको दरले बढ्ने अनुमान छ । हालैका वर्षमा इजिप्टको अर्थव्यवस्थासमक्ष अनेकौं संकट छ । 

सरकारले त्यही भएर यति ठूलो योजनाका कारण आर्थिक स्थिरता आउने र ठूलो संख्यामा रोजगारी उत्पन्न हुने बताएको छ । डेभलपरहरूले यो निर्माण कार्यबाट दश लाखभन्दा बढी रोजगारी उत्पन्न हुने बताएका छन् । 

इजिप्टको सेना, निजी कम्पनीका अलावा यस परियोजनामा चीनको भूमिका पनि एकदमै निर्णायक छ । 

सन् २०१६ पछि इजिप्टको सरकारले चीनको कम्पनी फर्च्युन ल्यान्ड डेभलपमेन्ट कम्पनीसँग बीस अर्ब डलर लगानीका लागि कुराकानी गरेको छ । 

नयाँ राजधानीको व्यावसायिक जिल्लालाई चाइना स्टेट कंस्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बनाएको हो । ब्लूमबर्गको एक रिपोर्टअनुसार, त्यहाँ चिनियाँ बैंकहरूले तीन अर्ब डलर लगानी गरेका छन् ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्