११ साउन २०८३, सोमबार

छाडा पशु व्यवस्थापनमा धनगढी उपमहानगरको रचनात्मक तरिका, बझाङका कृषकलाई बाँडिने

जेठ १६, २०७५
छाडा पशु व्यवस्थापनमा धनगढी उपमहानगरको रचनात्मक तरिका, बझाङका कृषकलाई बाँडिने

धनगढी, १६ जेठ -धनगढी उपमहानगरपालिकास्थित छाडा पशु चौपया बझाङ पठाइने भएको छ ।

छाडा छोडिएपछि कृषिबालीमा हानी नोक्सानी पुर्‍याउँदै आएका पशुचौपाया बझाङको खप्तड छान्ना र सूर्मा गाउँपालिकास्थित कृषकहरूलाई वितरण गर्न पठाइने भएको हो । आज (बुधबार) धनगढी उपमहानगरपालिका र खप्तड छान्ना र सूर्मा गाउँपालिकाका प्रमुखबीच चौपाया पठाउने तथा  लैजाने सहमति भएको छ ।

सम्झौतापत्रमा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर बड, खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्खबहादुर रोकाया र सूर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराबीच हस्ताक्षर भएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर बडका अनुसार धनगढीबाट बझाङमा गाई पुर्‍याउने काम धनगढी नगरपालिकाले गर्ने भएको छ भने गाउँपालिकाहरूले  गाई समुदायमा बाँढेको भर्पाइ धनगढी नगरलाई दिनुपर्नेछ । 
पहिलो पटक खप्तड छान्ना गाउँपालिकाले ३ सय गाई गोरु लैजाने सहमति भएको गाउँपालिका अध्यक्ष बर्खबहादुर रोकायाले बताए । सूर्मा गाउँपालिकाले ६ सय गाई गोरु लैजाने अध्यक्ष नरबहादुर बोहराले बताए । 

गाउँपालिकाका अध्यक्षहरूले समुदायमा लगेर निशुल्क गाई वितरण गर्ने बताएका छन् ।

यहाँबाट गाई लैजाँदा लाग्ने खर्च धनगढी नगरपालिकाले व्योहोर्ने सम्झौता भएको धनगढी उप–महानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत भरतमणि पाण्डेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्