काठमाडौं, २७ मंसिर– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहबाट हालै भएको सिंगापुर, भारत र चीनको भ्रमणलाई शंकाको दृष्टिले हेरेका छन् ।

पार्टीको तीन नम्बर प्रदेशको भेलालाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले पूर्वाराजाको सिंगापुर, भारत र चीन भ्रमणलाई शंकाको दृष्टिले गर्दै भने, ‘ ‘माओवादीहरु एक भएर जनतामा नजाने हो भने परिवर्तन उल्टने खतरा छ । हिजोका राजा महाराजाहरु सिंगापुर, दिल्ली बेइजिङ त्यसै गएका छैनन् ।’
केहि पहिले मात्रै सिंगापुर पुगेका पूर्वराजा त्यहाँबाट दिल्ली र दिल्लीबाट गोप्य रुपमा बेइजिङ पुगेको सार्वजनिक भएको थियो ।
भेलामा सहभागि एक कार्यकर्ताका अनुसार यो परिवर्तनलाई उल्ट्याउने खेल भएको भन्दै क्रान्तिकारी शक्तिहरु बेलैमा सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।
भेलामा प्रचण्डले एमालेले नक्कली राष्ट्रवाद प्रदर्शन गरिरहेको भन्दै एमाले अध्यक्ष ओलीको बोली र व्यावहारले पनि उनी परिवर्तनको पक्षधर होइनन् भन्ने थाहा पाउन कुनै कठीन नहुने बताएका थिए ।
यस्तै उनले संविधान संशोधन प्रस्ताव पारित गराउन पार्टी र सरकारले हरप्रयास गर्ने बताउँदै प्रस्ताव पास भएपनि नभएपनि चुनावको गराउने तयारीमा सरकारको ध्यान रहने भन्दै तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिए ।