काठमाडौं, १७ जेठ – अमेरिकाकी सेलेब्रिटी किम कार्दाशियन वेस्टले राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेर एलिस मारी जोनसोनका लागि कैदमाफीको अनुरोध गरेकी छन् ।
जोनसोन विगत दुई दशकभन्दा बढी समयदेखि लागूऔषध कसूरमा जेलमा बसिरहेकी छन् ।
ट्रम्पका ज्वाईं ज्यारेड कुशनरले पनि यो मुद्दामा कार्दाशियनसँग महिनौंदेखि कुराकानी गरिरहेका छन् ।
जोनसोनका छोरीहरूले कार्दाशियन र ट्रम्पबीचको भेटघाटलाई पुष्टि गरेका छन् ।
ट्रम्पले पछि आफूहरूबीच ‘गजबको भेटघाट’ भएको ट्वीट गरे ।
कार्दाशियनले सामाजिक सञ्जालमा पोस्ट गरिएको छोटो भिडियो हेरेपछि जोनसोनको कथाप्रति ध्यान दिएकी हुन् ।
जोनसोनको कथा हेरेपछि कार्दाशियनले आफ्नो निजी वकिल शन होलीलाई यो मुद्दा हेर्न अनुरोध गरिन् अनि जोनसोनको नयाँ कानूनी टोलीको पैसा तिरेकी छन् ।
रियालिटी टेलिभिजनकी स्टार कार्दाशियनले कुशनरसँग मिलेर संघीय कारागार सुधारका लागि पनि पैरवी गरिरहेकी छन् ।
जोनसोनका छोरीहरूका अनुसार, कार्दाशियनको संलग्नतापछि मुद्दा छिटछिटो अघि बढिरहेको छ ।
बीबीसीबाट