३१ जेठ २०८३, आइतबार

आतंकवादलाई कडा टक्कर दिँदै चीन, बनायो एन्टी ड्रोन लेजर हतियार

आतंकवादलाई कडा टक्कर दिँदै चीन, बनायो एन्टी ड्रोन लेजर हतियार

काठमाडौं, १७ जेठ – आतंकवादसँग टक्कर लिनका लागि हरेक देशले प्रयास गरिरहेको छ । चीनले पनि यसका अनेकौं प्रयास गरिरहेको छ ।

उसले एन्टी ड्रोन लेजर हतियार बनाएको छ । यसले ड्रोनलगायत अन्य हवाई उपकरणलाई ध्वस्त पार्न सक्छ । विशेषज्ञहरूका अनुसार, आतंकवादविरुद्धको अभियान र हवाई सुरक्षाका लागि यसले प्रहरी र सेनालाई सहायता पु–याउन सक्छ ।

चीनको पोलिटेक्नोलोजी इन्कर्पोरेसनले कजाखास्तानमा केही दिनअघि साइलेन्ट हन्टर नामक यो लेजर हतियार प्रदर्शन गरेको छ । हतियार प्रणाली र सैन्य उपकरणको अन्तर्राष्ट्रिय प्रदर्शनीमा यो देखाइएको हो । 

सैन्य विशेषज्ञ सोङ झोङपिङले एन्टी ड्रोन लेजर हतियारलाई वायुसेनामा छिट्टै समावेश गरिनसक्ने बताएका छन् । प्रहरीलाई पनि यसबाट सहयोग पुग्ने उनको भनाइ छ । 

उक्त प्रदर्शनीमा ५५ देशका लगभग ४०० भन्दा बढी कम्पनीहरूले भाग लिएका थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्