
पोखरा, २७ माघ–स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै एमाले निकट अनेरास्ववियुमा गुटगत विवाद देखिएको छ ।
पोरखामा आज एमाले अध्यक्ष केपी ओली र नेता माधव कुमार नेपाल पक्षीय विद्यार्थीबीच झडप भएको हो ।
पृथ्वीनारायण क्याम्पस पोखरामा भएको झडमा माधव नेपाल समूहका आठजना विद्यार्थी घाइते भएका छन् ।
अनेरास्वीयु पोखरा सम्पर्क समितिको नेतृत्वका विषयमा विवाद हुदा झडपको अवस्था आएको हो ।
झडपमा वसन्त घिमिरे, दिनेश ढुंगाना, विमल पौडेल, विनय राणा, बज्रराज अधिकारी, शिकार पोखरेल, आशिस केसी, दुर्गा लामिछाने घाइते भएका छन् ।
ओली समूहका आशिर्वाद सुवेदी र नेपाल समूहका अशोक पौडेलले अध्यक्षमा दावेदारी राखेपछि तनाव भएको थियो ।