०४ असार २०८३, बिहीबार

संसारको सबभन्दा लामो दूरीको ननस्टप फ्लाइट सेवा शुरू हुँदै

संसारको सबभन्दा लामो दूरीको ननस्टप फ्लाइट सेवा शुरू हुँदै

काठमाडौं, १७ जेठ – विश्वको सबभन्दा लामो दूरीको ननस्टप फ्लाइटले छिट्टै उडान भर्ने तयारी गरिरहेको छ । यो फ्लाइटको यात्रा समय लगभग १८ घन्टाको हुनेछ ।

सिंगापुर एयरलाइन्सले यसको घोषणा गर्दै बताएअनुसार, अर्को अक्टोबरदेखि यो फ्लाइट अमेरिकी शहर न्युयोर्कबाट सिंगापुरसम्मको उडान गर्नेछ । यसमा इकोनोमी क्लास भने हुने छैन ।

यो उडानले लगभग १६ हजार ७०० किलोमिटरको यात्रा गर्नेछ । यात्रा १८ घन्टा १९ मिनेटको हुनेछ । 

अहिलेसम्म सबभन्दा लामो दूरीको उडानको कीर्तिमान कतार एयरवेजको नाममा छ । त्यो दोहाबाट अकल्यान्डसम्मको उडान हो । त्यो यात्रालाई १७ घन्टा ४० मिनेट लाग्छ ।

सिंगापुरे उडानमा १६० यात्री हुनेछन् । 

लामो दूरीको उडानका विषयमा सुरक्षा चिन्ताहरू पनि व्यक्त गरिएका छन् । यति लामो यात्रामा क्याबिन क्रुको स्वास्थ्यका विषयमा चिन्ता व्यक्त गरिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्