काठमाडौं, २७ माघ–सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि एक वर्षको लागि थप्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको समयावधि एक वर्षका लागि थप्ने निर्णय गरेको हो ।
द्वन्द्वकालिन मुद्दा बारे अध्ययन गर्न बनेकाे आयोगको समयअवधि भोलि सकिदै थियो । विहान बस्ने भनिएको मन्त्रिपरिषद्को वैठक सत्तागठबन्धन दलहरुबीच प्रहरी प्रमुख चयनका विषयमा कुरा मिल्न नसक्दा रोकिएको थियो ।