०१ साउन २०८३, शुक्रबार

उत्तर कोरियामा बालबालिकाको चरम शोषण हुने गरेको ह्युमन राइट्स वाचको दाबी

कात्तिक २०, २०७४
उत्तर कोरियामा बालबालिकाको चरम शोषण हुने गरेको ह्युमन राइट्स वाचको दाबी
काठमाडौं, २७ माघ — उनीहरू लामो समयसम्म काम गर्छन्, तलब पाउँदैनन् र उनीहरूले रोज्जाको काम पाउँदैनन् ।


दासको जस्तो अवस्थामा बस्न बाध्य उनीहरू आफ्नो परिस्थितिबाट कहिल्यै भाग्न पाउँदैनन् ।

तर धेरै उत्तर कोरियालीहरूको यही नै यथार्थ हो । उनीहरू अमानवीय तथा चिन्ताजनक स्थितिमा काम गर्न बाध्य छन् ।

उनीहरू राष्ट्रति किम जोङ–उनका दास हुन् । दुःखको कुरा त उनीहरू नाबालक हुन् ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले उत्तर कोरियाका बालबालिका विशेषगरी गरीबहरूले कष्टदायी काम गर्नुपरेको र भाग्न नपाएको उल्लेख गरेको छ ।

उत्तर कोरियाबाट भागेका दुई नाबालकहरूको दुःखी कथा सुनेर अनि अन्य धेरै स्रोतको अनुसन्धान र विश्लेषण गरेर उक्त संस्थाले त्यहाँ बालबालिकालाई जबर्जस्ती काममा दलाउने गरिएको र उनीहरूमाथि विभेद गर्ने गरिएको निष्कर्ष निकालेको छ ।

एकजा नाबालिकालाई उनको परिवार गरीब भएकाले स्कूल पठाउन नसकेपछि जबर्जस्ती श्रममा लगाइएको पाइयो । अर्कीलाई चाहिँ परिवारले पाल्न नसकेपछि अर्काको घरमा तलब नदिई काम गर्न पठाइयो ।

यी नाबालिकाहरूले बालबालिकाको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिसमक्ष आफ्ना पीडा यही हप्ता सुनाउनेछन् । ह्युमन राइट्स वाचका अनुसार यस्ता अन्य धेरै बालबालिका उत्तर कोरियामा नर्कको जस्तो जीवन बिताइरहेका छन् ।

जबर्जस्ती श्रम र विभेद रोक्नका लागि ह्युमन राइट्स वाचले संयुक्त राष्ट्रसंघलाई उत्तर कोरियामाथि दबाब दिन आग्रह गरेको छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्