१२ असार २०८३, शुक्रबार

बालकृष्ण ढुंगेललाई आममाफी दिएको विरोधमा राँके जुलुस

जेठ १७, २०७५
बालकृष्ण ढुंगेललाई आममाफी दिएको विरोधमा राँके जुलुस

काठमाडौँ, १७ जेठ - नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आम माफी दिएको भन्दै राँके जुलुस निकालेको छ । 

गणतन्त्र दिवसका अवसरमा उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद ढुंगेललाई सरकारले आम माफी दिएको भन्दै नेविसंघले आज साँझे राँको बालेर जुलुस निकालेको हो । 

जुलुस लैनचौरको दुग्ध विकास संस्थानबाट शुरु भई अमृत साइन्स क्याम्पससम्म पुगेको थियो । 

प्रदर्शनमा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले सरकारले दुई तिहाइको बहुमत देखाएर बालकृष्ण ढुंगेलजस्तो ज्यानमारालाई उन्मुक्ति दिएको आरोप लगाए  । 

मन्त्रिपरिषद्को बैठकले ढुंगेलसहित ८१६ जनालाई आम माफी दिएपछि नेविसंघले निरन्तर विरोध जनाउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्