०४ असार २०८३, बिहीबार

महिनौंको रस्साकसीपछि इटालीमा सरकार बन्ने पक्का, आजै शपथग्रहण

महिनौंको रस्साकसीपछि इटालीमा सरकार बन्ने पक्का, आजै शपथग्रहण

काठमाडौं, १८ जेठ – इटालीमा गठबन्धन सरकार बन्ने पक्का भएको छ । युरोपेली संघको चौथो सबभन्दा ठूलो अर्थतन्त्रमा महिनौंको अनिश्चितता यससँगै अन्त्य भएको छ । 

प्रधानमन्त्रीमा सिफारिश गरिएका जोसेप्पे कोन्तेले राष्ट्रपति सर्जिओ मात्तारेलालाई एक हप्तामा दोस्रोचोटि मन्त्रीहरूको सूची बुझाएका छन् । नयाँ सरकारले शुक्रवार शपथग्रहण गर्दैछ ।

संस्थापनविरोधी पाँच स्टार पार्टी र दक्षिणपन्थी लीग पार्टीबाट मन्त्री छानिएका छन् । 

गैरराजनीतिक सरकार बनाउने प्रयास असफल भएको छ । 

मात्तारेलाले कोन्तेले सिफारिश गरेका अर्थमन्त्री पाओलो साभोनालाई अस्वीकार गरेका थिए । जियोभानी त्रियालाई अर्थमन्त्री बनाइएपछि राष्ट्रपति मात्तारेलाले मानेका थिए ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्