०९ असार २०८३, मंगलबार

सिकारीको गोली लागी मृत्यु

कात्तिक २०, २०७४
सिकारीको गोली लागी मृत्यु


झापा, २७ मङ्सिर - जलथलमा आज अवैध सिकारीको गोली लागी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३१ वर्षीया अनिता मेचे रहेको प्रहरी उपरीक्षक शैलेन्द्र थापाले बताए । उनका अनुसार आज अपराह्न दाउरा खोज्न घर नजिकै रहेको रणकाली सामुदायिक वनमा गएकी मेचेको दाहिने हातमा गोली लागेको थियो ।

उनलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटल ल्याइएकामा अत्यधिक रक्तस्रावका कारण उनको उपचारकै क्रममा मृत्यु भएको उपरीक्षक थापाले बताए । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि मेची अञ्चल अस्ताल भद्रपुरमा लगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्