११ असार २०८३, बिहीबार

ट्रम्पलाई झड्का, पुनरावेदन अदालतले आप्रवासी प्रतिबन्धलाई रोक्ने निर्णय सदर गर्‍यो

कात्तिक २०, २०७४
ट्रम्पलाई झड्का, पुनरावेदन अदालतले आप्रवासी प्रतिबन्धलाई रोक्ने निर्णय सदर गर्‍यो
काठमाडौं, २८ माघ — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सात देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध लगभग अवैध भएको पुनरावेदन अदालतले ठहर गरेको छ ।


नाइन्थ सर्किट कोर्ट अफ अपील्सले ट्रम्पको कार्यकारी आदेश अत्यन्त व्यापक भएको र यसलाई अदालतमा राम्रोसँग प्रतिरक्षा पनि नगरिएको जिकिर गर्दै तल्लो अदालतले प्रतिबन्धमाथि लगाएको रोक सदर ग–यो ।

राष्ट्रिय सुरक्षाको सवालमा राष्ट्रपतिको व्यापक अधिकार हुने दाबीलाई अदालतमा राम्ररी पुष्टि गर्न सरकार असमर्थ रहेको अदालतले पायो । यससँगै ट्रम्पको आप्रवासी रोक्ने योजना तुहिएको छ र उनको प्रशासनले पहिलो गम्भीर कानूनी झड्का पाएको छ ।

न्यायाधीशहरूको एकमतले राष्ट्रपतिमाथि अदालतले निरीक्षण गर्नुपर्ने अनि उनको आदेशले कानूनी र गैरकानूनी दुवैथरी आप्रवासीलाई ठूलो समस्यामा पार्ने भएकाले स्वीकार गर्न नसकिने निर्णय दियो ।

त्यसैगरी आप्रवासीको कठोर परीक्षणलाई रोकेर अदालतले सबै कुरा मिलाउँदा सरकारलाई कुनै नराम्रो असर नपर्ने अदालतले ठह–याएको छ ।

द वाशिङटन पोस्टबाट

salt training

कमेन्ट गर्नुहोस्