१७ असार २०८३, बुधबार

डिभी बन्द गर्ने अमेरिकी तयारी

कात्तिक २०, २०७४
डिभी बन्द गर्ने अमेरिकी तयारी
काठमाडौं, २८ माघ– अमेरिकी संसदमा आप्रवासी विदेशीको संख्या घटाउनका लागि डिभी चिठ्ठा बन्द गर्ने तयारी गरिएको छ । जसका लागि अमेरिकी संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ ।

अमेरिकाका दुई प्रभावशाली सिनेटरले संसदमा संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रस्ताव अनुसार अमेरिकामा आगामी दश वर्षसम्म कानूनी हिसावमा रहेका आप्रवासीको संख्या घटाएर आधा गर्ने छ ।

यस प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका सिनेटर टम कार्टन तथा डेमोक्रेटिक पार्टीका सेनेटर डेविड पड्र्युले दिएका हुन् । यस प्रस्तावका अनुसार अमेरिकाको अद्यागमन नियमलाई परिवर्तन गर्नका लागि प्रति वर्ष विदेशी मूलका नागरिकको भइरहेको अमेरिका प्रवेशलाई ठूलो मात्रामा कटौती हुनेछ ।

अमेरिकी संसदमा यस प्रस्तावको कानून बनेपछि अमेरिकामा रहेका विदेशी नागरिकको ठूलो झड्का लाग्नेछ । यसमा ठूलो संख्यामा रहेका दक्षिण एसियाली देशका नागरिक प्रभावित हुने छन् । जो ग्रिनकार्ड या पर्मानेन्ट रेसिडेन्सको पर्खाइमा रहेका छन् । यो प्रस्ताव पारित भएका डीभी चिठ्ठा कार्यक्रम प्रभावित हुनेछ । जसको असर नेपालीहरुलाई पनि पर्नेे छ ।

वर्तमान अवस्थामा अमेरिका प्रतिवर्ष १० लाख विदेशी नागरिकलाई प्रवेश दिदै आएको छ । यसलाई घटाएर ५ लाख बनाएसँगै अमेरिकामा रहेकाहरुलाई ग्रिन कार्ड या परर्मानेन्ट रेसिडेन्सी पाउन मुस्किल हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्