१० असार २०८३, बुधबार

रातारात गायब भयो यो गाउँ, अहिलेसम्म भेटिएको छैन

कात्तिक २०, २०७४
रातारात गायब भयो यो गाउँ, अहिलेसम्म भेटिएको छैन
काठमाडौं — आयरल्यान्डको एउटा सानो गाउँ अचानक एक राति गायब भयो । यसमा भएका ४० वटा घरहरू अहिलेसम्म पनि भेटिएका छैनन् ।

यो कुनै कथाकहानी होइन । आयरल्यान्डको सबभन्दा टाढाको टापु अचिलको किनारामा बसेको किम बेमा सन् १८३८ मा करीब ४० वटा घर थिए । तर अहिले यहाँ धूलो र फुटेका घर मात्र छन् ।

यी घरहरू कसैले भत्काए कि गाउँलेहरू अन्तै गए ? अचिल पुरातत्त्व अध्ययन स्कूलका विद्यार्थीहरूले यो गाउँमाथि अध्ययन पनि गरे तर केही पत्तो पाउन सकेनन् ।

त्यहाँ माटो र ढुंगाले बनेका भत्केका घर मात्र भेटिए । घरहरूलाई जानीजानी फोडिएको कुराको प्रमाण चाहिँ भेटियो । तर गाउँलेले नै घर फोडे कि बाहिरकाले आएर फोडे भन्ने चाहिँ पत्ता लागेन ।

ट्राभलसम्बन्धी धेरै किताबहरूमा चाहिँ यो गाउँ र यहाँ बस्ने मानिसका बारेमा उल्लेख गरिएको छ । त्यही भएर विद्यार्थीहरू यहाँका निवासीलाई खोज्न गएका थिएर तर कसैलाई फेला पारेनन् ।

कुनै समयमा यो टापुमा भोकमरी भएको आशंका गरिन्छ । त्यसैकारण सबैको मृत्यु भएको हुन सक्छ । तर घर चाहिँ कसले भत्कायो, थाहा हुन सकेन ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्