
काठमाडौं, २४ जेठ– संघीय समाजवादी फोरमले नवगठित नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सँग पार्टी एकता नहुने स्पष्ट पारेको छ ।
समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै फोम र नेकपाबीच पार्टी एकीकरण हुन लागेको भनि प्रचारित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हन् ।
‘पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार गरिदैछ । तथ्यहीन ढंगले आइरहेका गलत समाचारहरुको भ्रम फैलाउने र जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता छैन’ फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल÷पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको भनेपनि फोरम र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै सम्भावना नरहेको जनाइएको छ ।