
काठमाडौं, २४ जेठ – मानिसको भाग्य कुन बेलामा पल्टिन्छ थाहै हुँदैन । एक फ्रान्सेली नागरिकले विगत १८ महिनामा दोस्रोपटक लाखौं युरो लटरीमा जितेपछि उनको भाग्य देखेर मानिस छक्क परिरहेका छन् ।
ला पारिसियन पत्रिकामा प्रकाशित समाचारअनुसार, पूर्वी होते सेवोई क्षेत्रमा बस्ने अज्ञात व्यक्तिले सन् २०१६ को नोभेम्बर ११ मा पहिलोचोटि अनि यस वर्षको मे १८ मा माई मिलियन लटरी टिकटबाट लाखौं युरो जिते । यो लटरी युरो
मिलियन फ्र्यान्चाइजीसँग जोडिएको छ ।
यसले १२ युरोपेली देशमा हप्तामा दुईचोटि इनाम दिन्छ र यसमा ज्याकपट पनि छ जसको राशि सय मिलियन युरो छ ।
उक्त व्यक्तिले एक युरोको टिकट किनेपछि आफैं माई मिलियन ड्रमा संलग्न भयो । त्यसको न्यूनतम राशि दश लाख युरो छ ।
एजेन्सी