१० असार २०८३, बुधबार

फेसबूकले ग–यो न्युज शोसम्बन्धी योजना सार्वजनिक

फेसबूकले ग–यो न्युज शोसम्बन्धी योजना सार्वजनिक

काठमाडौं, २४ जेठ – फेसबूकले मंगलवार पहिलो मौलिक न्युज शोको घोषणा गरेको छ । यो घोषणासँगै फेसबूकले पनि अन्य अन्लाइन प्ल्याटफर्मले जस्तै टीभीसँग प्रतिस्पर्धाका लागि भिडियो उत्पादन गर्ने भएको छ । 

सीएनएन, फक्स न्युज, एबीसी न्युज र युनिभिजन लगायतका विभिन्न साझेदारले फेसबूकका लागि न्युज शो बनाउनेछन् । 

सामाजिक सञ्जालको मागमा उपलब्ध गराइने भिडियो सेवा फेसबूक वाच निर्माण गरिनेछ जसले गूगलको स्वामित्वमा रहेको युट्युब जस्ता प्लेटफर्महरूसँग प्रतिस्पर्धा गर्नेछ । 

फेसबूक न्युज साझेदारी प्रमुख क्याम्पबेल ब्राउनले न्युज शे शुरू गर्नुको उद्देश्य विश्वसनीय सामग्री उपलब्ध गराउनु हो । भ्रामक सूचना फैलाउनका लागि फेसबूकको प्रयोग गरिएको भनी हालै खुबै आलोचना भएपछि फेसबूकले यो टिप्पणी गरेको हो ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्