१० असार २०८३, बुधबार

बिरामी राष्ट्रकवि भेट्न  मेदान्त अस्पताल पुगे शिक्षामन्त्री

बिरामी राष्ट्रकवि भेट्न  मेदान्त अस्पताल पुगे शिक्षामन्त्री

काठमाडौँ, २४ जेठ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नयाँ दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी भएका छन् । 

सो अवसरमा उनले विश्वविद्यालयबाट विद्यावारिधि, एमफिल तथा स्नातकोत्तर तह सफलतापूर्वक सम्पन्न गर्ने नेपाल, भारतलगायत अन्य सार्क मुलुकका विद्यार्थीहरुलाई आज प्रमाणपत्र वितरण गरे । 
सन् २०१० देखि सञ्चालनमा आएको उक्त विश्वविद्यालयको हाल नेपाल अध्यक्षसमेत रहेको छ । 

आजै मन्त्री पोखरेल भारतको गुडगावँस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेट्न पुगेको   दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । 

सो क्रममा उनले राष्ट्रकवि घिमिरेको उपचारमा संलग्न चिकित्सकहरुसँग उनको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्