०५ असार २०८३, शुक्रबार

पौडी खेल्नेक्रममा  युवकको डुबेर मृत्यु

पौडी खेल्नेक्रममा  युवकको डुबेर मृत्यु

विराटनगर, २४ जेठ–सुनसरीको कोशी गाउँपालिकामा डुबेर एक युवकको ज्यान गएको छ। कोशी गाउँपालिका ३ बस्ने २२ वर्षीय सञ्जय यादवको कोशी गाउँपालिका ५ कोशी कटान क्षेत्रको नहरमा पौडी खेल्नेक्रममा बिहिबार  दिउँसो डुबेर ज्यान गएको हो। 
 दिउँसो साथी भरत पराजुली, विक्की गोश्वानीसँगै पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादवलाई उपचारका लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारकै क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्