
काठमाडौं, २५ जेठ– प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा संसद नियमावली पेश हुने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठन भएको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको ‘प्रतिनिधि सभा नियमावली, २०७५’को मस्यौदा दफावार छलफलका लागि संसदमा पेश हुन लागेको हो ।
नियमावलीमाथि दलहरुबीच सहमति जुट्न सकेको छैन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले पूर्पक्षका लागि थुनामा राखिएका सांसदलाई अभियोग पुष्टि नभएसम्म निलम्बन गर्न नहुने अडान राख्दै आएका छन् ।
नियमावलीलाई आजै पारित गर्ने कार्यसूची रहेको छ ।