१० असार २०८३, बुधबार

जंगली च्याउ खाँदा दम्पती बिरामी

जंगली च्याउ खाँदा  दम्पती बिरामी

विराटनगर, २५ जेठ- मोरङमा जंगली च्याउ खाँदा बिहीबार एक वृद्ध दम्पती बिरामी परेका छन् । 

मिक्लाजुङ गाउँपालिका–५ बस्ने ७० वर्षका जंगबहादुर विश्वकर्मा तथा उहाँकी पत्नी ६० वर्षीया देवीमाया बिरामी परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

दुवै जनाको मंगलबारे अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्