१० असार २०८३, बुधबार

ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्ता दिनसक्ने

ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्ता दिनसक्ने

काठमाडौं, २५ जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले नेता किम जोन उनलाई अमेरिका भ्रमणको निम्ता दिन सकिने बताएका छन् । 

ट्रम्पले यदी १२ जुनमा सिंगापुरमा उत्तरका नेता उनसँग भेटवार्ता ठीक भएको खण्डमा उनलाई निम्ता दिने विषयमा सोच्न सक्ने बताएका छन् । 

जापानका प्रधानमन्त्री सिन्जो आवेसँग १२ जूनमा हुन लागेको सम्मेलनको बारेमा चर्चागर्दै ट्रम्पले यस्तो बताएका हुन् । 

कोरियाली युद्ध समाप्त गर्ने विषयमा सम्झौता सम्भव भएको र यसपछि के हुन्छ भन्ने कुरा निकै महत्वपूर्ण भएको ट्रम्पले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्