अमेरिकाको टेक्ससमा एक अनौठो घटना भएको छ । एक व्यक्तिलाई सर्पको काटिएको शिरले डसेको छ ।
सापको विषको असर हटाउनका लागि ति व्यक्तिलाई औषधिको २६ डोज दिइएको थियो ।
जेनिफर सटक्लिफले स्थानीय मिडियालाई बताए अनुसार उनका पति बगैचामा काम गरिरहेका थिए त्यसबेला उनले करिब पाँच फिट लामो सर्प देखे ।
सर्पलाई मार्नका लागि उनले सर्पको शिर जिउबाट अलग गरिदिए । जब उनी मरेको सर्पलाई फाल्न गए त्यति बेला सर्पको काटिएको शिरले उनलाई डसेको थियो ।
सर्प मरेको कयौं घन्टासम्म उसको शिर जिउँदो रहन्छ र त्यसले डस्न सक्छ ।
जेनिफरका अनुसार सर्पले डसेपछि तत्काललै उनका पतिमा विषको असर देखा प¥यो । त्यसलगत्तै उनलाई अस्पताल लगियो ।