०६ असार २०८३, शनिबार

होटलमा खाना खाइरहेको मानिसको गोजीमै पड्कियो मोबाइल (भिडियो)

होटलमा खाना खाइरहेको मानिसको गोजीमै पड्कियो मोबाइल (भिडियो)

काठमाडौं, २५ जेठ – आजकल मोबाइल दैनिक जीवनको अंग बनिसकेको छ तर यसले खतरा पनि उत्तिकै उत्पन्न गरेको छ । 

हालै भारतको मुम्बईमा रहेको एक रेस्टुराँमा एक व्यक्तिको शर्टमा रहेको मोबाइल अचानक ब्लास्ट भयो । लन्च टाइममा भीडभाड भएको बेलामा मोबाइल पड्किएको थियो । यसको भिडियो भाइरल भइरहेको छ । 

खाना खाइरहेको बेलामा उक्त व्यक्तिको शर्टको गोजीमा रहेको मोबाइलबाट धूवाँ निस्कन थाल्यो । त्यसपछि मानिसको भागाभाग भयो । 

घटना ती व्यक्ति घाइते भए । उनलाई अस्पतालमा भर्ती गरिएको छ । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्