०५ असार २०८३, शुक्रबार

नेदरल्यान्ड्सकी रानीकी बहिनी मृत फेला

नेदरल्यान्ड्सकी रानीकी बहिनी मृत फेला

काठमाडौं, २५ जेठ – नेदरल्यान्ड्सकी रानी म्याक्सिमाकी कान्छी बहिनी अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा आफ्नो अपार्टमेन्टमा मृत फेला परेकी छन् । इन्स जोररेगुएटा ३३ वर्षकी थिइन् ।

जोररेगुएटा पनामामा संयुक्त राष्ट्रसंघमा अनुसन्धानकर्ता थिइन् र एक प्रतिभाशाली गितारवादक पनि थिइन् । सञ्चारमाध्यमहरूले जनाएअनुसार, जोररेगुएटाले आत्महत्या गरेकी हुन् । 

जोररेगुएटाको अन्तिम संस्कारका लागि नेदरल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमा अर्जेन्टिना गएका छन् । जोररेगुएटा बहिनीको निकै निकट थिइन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्