०४ असार २०८३, बिहीबार

बच्चाहरूको शोषण गरेको अपराध साबित भएपछि २०० वर्ष कारावास सजाय

बच्चाहरूको शोषण गरेको अपराध साबित भएपछि २०० वर्ष कारावास सजाय

काठमाडौं, २५ जेठ – अमेरिकाको मोन्टानामा बस्ने दुई बच्चाहरूलाई यौन शोषण गरेको आरोप साबित भएपछि एक व्यक्तिलाई २०० वर्षको कारावास सजाय सुनाइएको छ । 

ग्रेट फल्स ट्रिब्युनको समाचारअनुसार, डेभिड डीयन कोमियोटिसमाथि ६ वर्षसम्म दुई बच्चालाई यौन शोषण गरेको सातवटा आरोप तय गरिएको छ । 

पहिलो दुई घटनामा डेभिडलाई सय वर्षको कारावास सजाय दिइएको छ भने बाँकी पाँच घटनामा सय वर्षको सजाय सुनाइएको छ । सबै मिलाएर उनलाई २०० वर्षको सजाय छ ।

अदालती कागजपत्रमा लेखिएअनुसार, यौन शोषणको घटना डिसेम्बर २०१६ मा सार्वजनिक भएको थियो । पीडित बालिकाकी आमाले ग्रेट फल्स क्षेत्रमा प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको थियो ।

नौ वर्षका एक किशोरले पनि दुई वर्षअघि डेभिडले आफूसँग यौन दुराचार गरेको बताए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्