२३ असार २०८३, मंगलबार

पेले भन्छन्- ब्राजिलसँग विश्वकप जित्नसक्ने टीम छैन

पेले भन्छन्- ब्राजिलसँग विश्वकप जित्नसक्ने टीम छैन

काठमाडौं, २५ जेठ - विभिन्न सर्वेक्षण तथा एक्जिट पोलहरूले ब्राजिल रूस विश्वकपमा उपाधिको सबैभन्दा प्रबल दाबेदार रहेको देखाइरहे पनि ब्राजिलका महान फुटबलर पेले भने ब्राजिलियन टीमले विश्वकप जित्नेमा विश्वस्त छैनन् ।
 
ब्राजिलसँग विश्वकप जित्न सक्षम टीम नरहेको उनको भनाइ छ । 'एक खेलाडी (नेयमार) को भरमा मात्र विश्वकप जित्न सकिन्न,' पेलेले भने ।

उनले अघि भनेका छन् - 'नेयमार मेरा लागि विश्वका सर्वश्रेष्ठ खेलाडीमध्येको एक हो । ऊ अहिले अधिक परिपक्व र अनुभवी पनि छ । तर उसले एक्लै विश्वकप जित्न सक्दैन । यसका लागि समग्र टीमको प्रदर्शन चाहिन्छ ।'

पेलेको नजरमा सन् १९७० मा विश्वकप जितेको ब्राजिलियन टोली अहिलेसम्मकै उत्कृष्ट टोली हो ।

'१९७० मा विश्वकप जितेको टीम सबैभन्दा उत्कृष्ट थियो । टोस्टाओ, रिभेलिनो, गर्सन र पेले सबै क्लब टीमबाट १० नम्बर जर्सी लगाएर खेल्थे । विश्वकपभन्दा ६ महिना पहिले नै हामी एकसाथ भयौं । पूरा समय एकसाथ बितायौं । त्यसपछि सो कामलाई सही दिशा दियौं,' पेलेले भने ।

पेलेले ब्राजिलका लागि १९५८, १९६२ र १९७० मा विश्वकप जितिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्