१६ असार २०८३, मंगलबार

वडा सदस्य सार्कीको हत्या गर्नेलाई कारबाहीको माग

जेठ २५, २०७५
वडा सदस्य सार्कीको हत्या गर्नेलाई कारबाहीको माग

काठमाडौँ, २५ जेठ –गृहमन्त्री रामबहादुर थापालाई आज अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले आज भेटगरी कालीकोटको नरहरिनाथ गाउँपालिका– ९ का वडा महिला सदस्य मना सार्कीलाई यातनापछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । 

गृहमन्त्री थापालाई अनेरास्ववियूका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले जातीय भेदभावका आधारमा सार्कीको पाशविक हत्या भएकाले हत्यारालाई कारबाही गर्न माग गरे । 

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले अपराधीलाई हदैसम्मको कारबाही गर्ने बताएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । 

ज्ञापनपत्रमा संविधानले जातीय विभेदलाई मानव अधिकार हनन् भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता बर्वर र पाशविक हत्या नदोरिन राज्यको पहलकदमी गर्नुपर्ने माग गरिएको छ । वडा सदस्य सार्कीको कुटपिटबाट  गत जेठ १९ गते हत्या गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्