०५ असार २०८३, शुक्रबार

भारतीय प्रहरीको सनसनीपूर्ण खुलासा–मोदीको हत्या गर्ने माओवादी योजना !

भारतीय प्रहरीको सनसनीपूर्ण खुलासा–मोदीको हत्या गर्ने माओवादी योजना !

काठमाडौं, २६ जेठ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको योजना बनेको समाचार भारतीय सञ्चारमाध्यमहरु प्रकाशन भएका छन् ।

महाराष्ट्रको पुणेमा प्रहरीले अदालतमा एक पत्र पेश गर्दै भारतीय माओवादीले प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाएको दाबी गरेको छ ।

मोदीको राजीव गान्धीको जस्तै हत्या गर्ने योजना माओवादीले बनाएको प्रहरी रिपोर्टबारे पुणेको विशेष अदालतका सरकारी वकिलले बताएका छन् । 

प्रहरीका अनुसार भीमा कोरेगाउमा जनवरीमा भएको हिंसाको सिलसिलामा पाँच जनाको गिरफ्तारीपछि यस्तो जानकारी आएको हो । प्रहरीको दाबी अनुसार यो पत्र एक अभियुक्त रोना ज्याकव विल्सनको दिल्ली स्थित फ्याटबाट फेला पारेको थियो । 

कमरेड प्रकाशलाई सम्बोधन गरिएको यस पत्रमा विहार र पश्चिम बंगालमा हारका बावजूद भाजपाको १५ भन्दा धेरै राज्यमा जीतमाथि चिन्ता व्यक्त गरिएको छ ।

पत्रमा भनिएको छ,‘यदी यहि अवस्था रहेका हरेक पार्टी समस्यामा पर्नेछन् । मोदी राजको अन्त गर्न कामरेड किशन र अन्य केही वरिष्ठ कमरेडहरुले कडा कदम चल्नु भएको छ । अर्थात ‘कन्क्रिट स्टेप’ चाल्नु भएको छ । हामी राजीव गान्धी जस्तै एक अर्को घटनाबारेमा सोचिरहेका छौं ।’

पूर्व प्रधानमन्त्री राजीव गान्धीको २१ मे १९९१ मा तामिलनाडुको श्रीपेरम्बदूरमा मानव बमको माध्यमबाट हत्या गरिएको थियो । राजीव एक सभामा सहभागी हुन त्यहाँ गएका थिए ।
यसबीच गृहमन्त्री राजनाथ सिंहसले प्रधानमन्त्रीको सुरक्षा व्यवस्थाको समीक्षा गर्ने बताएका छन् । 

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्